दफा ३३
अरु राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार
: (१) हुलाक वस्तुहरुलाई साधारण हुलाकबाट वा रजिष्टरी गरी वा बीमा गरी वा मूल्यदेय गरी हुलाक मार्फत आदान प्रदान गर्ने सम्बन्धमा नेपाल …………. र अरु विदेशी राष्ट्रको बीचमा भएको व्यवस्था वा युनिभर्सल पोष्टल युनियन (विश्व हुलाक संघ) को कन्भेन्सनलाई लागू गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछः–
(क) उपदफा (१) मा लेखिए बमोजिमका हुलाक वस्तुहरु पठाउनेले पोष्टिङ्ग गर्दा तथा ठेगानावालाले डेलिभरी लिँदा भर्नुपर्ने विवरणपत्रको ढाँचा अपनाउनु पर्ने तरिका, र
(ख) उपदफा (१) मा लेखिए बमोजिमका हुलाक वस्तुहरु पठाउन लाग्ने दस्तुर ।